दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु
पाेखरा | पुस २६, २०८०
पोखरा: दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहीवार देखि सुरु भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना माछापुच्छे«–३ घाचोकमा प्रतियोगिता सुरु भएको हो ।
बिहीबार भएको खेलमा कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका निलो र बागलुङको निसीखोला गाउँपालिका विजयी भएका छन् ।
कास्कीको रुपा गाउँपालिकाले माछापुच्छे« गाउँपालिकालाई, निसीखोला गाउँपालिकाले पर्वतको मादी गाउँपालिकालाई, अन्नपुर्ण गाउँपालिकाले बागलुङ नगरपालिकालाई पराजित गरेका हुन् । भने पुतली बजार नगरपालिका खेलमा उपस्थित नभएपछि माछापुच्छे« गाउँपालिकाले वाकओभर पाएको छ ।
यस्तै बागलुङको गल्कोट नगरपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीचको खेल भने लाइट पोटेष्टका कारण स्थगित भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री सुशिला सिंखडाले खेल मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताउनु भयो । स्थानीय, प्रदेश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरिन् ।
गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका युवा जनशक्तिलाई प्रगति र उत्थानको बाटोमा दो¥याउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गर्ने २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

